nusnepal@gmail.com 01-4379114, 01-4379186

बूढानिलकण्ठमा रहेको नेसनल युनाइटेड स्कुलले आजदेखी अनलाइन कक्षा सुरु गर्यो

चैत्र २३ काठमाडौं , विश्व कारोना भाइरस (कोभिड – १९) को सङ्क्रमणमा परेको वर्तमान समयमा नेपाल सरकारले देशभर लक्डाउनको घोषणा गरेपछि  शिक्षा क्षेत्र प्रभावित भएको छ ।नेपाल सरकारको निर्णयबमोजिम चैत्र ६ गतेदेखि  मुलुकभर रहेका  कारोना भाइरस (कोभिड – १९)  का कारण सम्पुर्ण  शिक्षण संस्थाहरु बन्द रहेका छन। लकडाउन कहिले समाप्त हुन्छ   त्यसको कुनै आधिकारिक जानकारी आएको छैन ।नेपाल सरकारले लकडाउन समाप्त पश्चात थप एक हप्ता एसईई परिक्षाको तयारीका लागी समय दिने जानकारी भने गरेको छ ।

यस विषम समयमा देशका केहि उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाहरुले अनलाइन कक्षा संचालन गरिरहेका छन भने बूढानिलकण्ठ नगरपालिका गणेशचोकमा अवस्थित नेसनल युनाइटेड स्कुलले पनि आज देखी एसइइ परीक्षाको तयारी कक्षाहरु अनलाइनमार्फत सुरु गरेको छ  । लक्डाउन अवधि भर बिद्यालयले अनलाइन कक्षा संचालन गरेर बू ढानिलकण्ठ नगरपालिका भित्र राम्रो कामको शुरुवात गरेको छ । 
अरु बेला घरमा त्यतिकै बसी इन्टरनेट प्रयोग गरिबसेका बच्चाहरु अब स्कूलले अनलाइन कक्षा संचालन गरेको कक्षामा सहभागी हुँदा  बच्चाहरु आफ्नो नियमति तयारीलाइ निरन्तरता दीईने एक अविभावकले बताएका छन्।बिद्यालयले यस कार्यक्रम संचालन गरेर उत्तम कार्य गरेको अविभावकले बताएका छन् ।

लामो समय शैक्षिक संस्था बन्द हुँदा शैक्षिक क्यालेन्डरमा असर देखिएको, परीक्षा सरेको र विद्यार्थीको आवश्यकतालाई महसुश गर्दै हालको लागि कक्षा १० को अनलाइन कक्षा सुरु गरिएको प्रिन्सिपल शायरा हमालले बताउनुभयो।

अघिल्लो दुई हप्ताको लागि विभिन्न होम एसाइमेन्ट विद्यार्थीलाई दिइएको र दोस्रो हप्ता सकिनासाथ स्कुलले अनलाइन कक्षाहरु सुरु गरेको स्कुलका इन्चार्ज सरोज शर्माले जानकारी दिनुभयो।

लकडाउन अवधिभर घरमै बसेर विद्यार्थीले आफ्ना शिक्षकहरुसँग इन्टरनेट सञ्जाल मार्फत् पढ्न पाउने हुनाले विद्यार्थीको अध्ययनमा निरन्तरता र परीक्षाको तयारीमा असर नपुगोस भन्ने उद्देश्यले अनलाइन कक्षा सञ्चालन गरिएको स्कुलले जनाएको छ ।  ।

स्कुलको यो कार्यले गर्दा विद्यार्थीहरुको खाली समय पनि सही ढङ्गले उपयोग हुने अभिभावकहरुको बुझाइ रहेको छ । घरमै बसिबसि आफ्ना  शिक्षकहरुसँग पढाइका साथसाथै आफ्ना अनुभव,धारणा र प्रश्नहरु राखेर अध्ययन गर्न पाउँदा विद्यार्थीहरु पनि खुसी भएका छन् ।  

bgnews.com

Leave a Reply